२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानको सैनिक विद्यालयमा आक्रमण, ९५ को मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakइस्लामाबाद, १ पुस । पाकिस्तानको पेसावारको खबैर पाख्तुनख्वा प्रान्तको सैनिकद्वारा सञ्चालित एक विद्यालयमा मङ्गलबार भएको तालिवानी आक्रमणमा विद्यार्थीसहित ९५ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणको क्रममा अज्ञात सङ्ख्यामा विद्यार्थी र विद्यालयका कर्मचारीलाई बन्धक बनाइएको समेत जनाइएको छ ।

स्थानीय अधिकारी र सञ्चार माध्यमकाअनुसार पेसावर सहरको गुल्वाहार क्षेत्रको वार्साक सडकमाअवस्थित सैनिकद्वारा सञ्चालित सार्वजनिक विद्यालयमा स्थानीय समय अनुसार मङ्गलबार बिहान करिब १० बजेर ३० मिनेट जाँदा सो आक्रमण भएको थियो ।

तेहरिक–इ– तालिवान पाकिस्तान (टिटिपी) ले जिम्मेवारी लिएका छन् । रासस/एएफपी