सिड्नी, १ पुस ।अष्ट्रेलियाको सिड्नी सहरमाअवस्थित ए लिन्ट चकलेट नामक क्याफेमा सोमबार बन्दुकधारीद्वारा बन्धक बनाइएका व्यक्तिमा दुईको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक ३४ वर्षीय पुरुष र ३८ वर्षीया महिला रहेकी छिन् ।
बन्धक बनाइएको १६ घन्टापछि अस्ट्रेलियाली कमान्डोको सहायतामा बन्धकमा परेका व्यक्तिलाई मुक्त गरिएको थियो ।
कमान्डोद्वारा जारी यस कारबाहीको क्रममा बन्दुकधारीको मृत्यु भएको छ । कमान्डोद्वारा जारी गरिएको यस कारबाहीको क्रममा बन्धकहरु घाइतेसमेत भएको बताइएको छ ।
यसअघिनै बन्धक बनाइएका मध्ये पाँचजना भाग्न सफल भएका थिए । बन्दुकधारीले ४० व्यक्तिलाई बन्धक बनाएको करिब ६ घन्टा पछाडि तीन पुरुष त्यहाँबाट भाग्न सफल भएका र दुई जना अगाडिकै ढोकाबाट र एक जना सङ्कटकालीन द्वारबाट भाग्न सफल भएको थिए ।
त्यसैगरी करिब एक घन्टा पछाडि दुई महिला पनि भाग्न सफल भएका थिए ।
बन्दुकधारी इरानी शरणार्थी मान हारोन मोनिस भएको जनाइएको छ । हत्या र यौन दुराचार अन्य ४० वटा अभियोगहरु सामाना गरिरेहेका मोनिसलाई सन् १९९६ मा अस्ट्रेलियाले राजनीतिक शरण दिएको थियो । रासस/एएफपी













प्रतिक्रिया