१ कार्तिक २०८३, आइतबार

भारी हिमपातले डडेल्धुरामा यातायात बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, १ पुुस । भारी हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि अवरुद्ध भएको छ ।

सोमबार दिउँसोदेखि नै सुदूरपश्चिमका पहाडी क्षेत्रमा भएको हिमपातका कारण भीमदत्तलगायत मुख्य राजमार्ग बन्द भएपछि यातायात सेवा बन्द भएको हो । यातायात सेवा अवरुद्ध हुँदा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

बढ्दो चिसोका कारण यात्रुको बिचल्ली भएको छ भने स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ ।  यातायात सुचारु गर्न पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

केही दिनयताको वर्षाका कारण चिसो बढेपछि सोमबार दिउँसो र राति  सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । आज बिहानैदेखि मौसममा केही सुधार भएपछि स्थानीय बासिन्दाले आंशिक राहत महसुस गर्न थालेका छन् ।