१ कार्तिक २०८३, आइतबार

संविधानका लागि दबाब दिन काभ्रे अखिलको हस्ताक्षर अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhil-kavre

रामसुन्दर आचार्य

काभ्रे, २९ मंसिर । एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले तोकिएकै समयमा संविधान जारी गर्न दवाव दिनका लागि सोमबारबाट हस्ताक्षर अभियान संञ्चालन गरेको छ ।

बनेपाबाट सुरु भएको हस्ताक्षर अभियान जिल्लाको गाउँ बस्तीसम्म पुग्ने जिल्ला अध्यक्ष सालिकराम पराजुलीले बताए । पराजुलीका अनुसार पौष ४ गतेसम्म हस्ताक्षर अभियान चल्नेछ । संविधानमा अखिलले विद्यार्थीहरुका लागि उठाएका मुद्दाहरुको सम्बोधन र तोकिएकै समयमै संविधान निर्माणका लागि देशव्यापी रुपमा दबाबमुलक कार्याक्रम गर्ने अखिलको निर्णय अनुसार सोमबारबाट काभ्रेमा हस्ताक्षर अभियान थालिएको अध्यक्ष पराजुलीले जानकारी दिए । संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत संविधानसभाका सभामुखलाई हस्तान्तरण गरिने अनेरास्ववियु काभ्रेले जनाएको छ ।