१ कार्तिक २०८३, आइतबार

पश्चिमी वायु पुनः सक्रिय हुँदै, चिसो अझै बढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

weather

काठमाडौँ, २९ मंसिर । मुलुकभरको मौसममा सामान्य सुधार आएपनि पश्चिमी वायु पुनः सक्रिय हुँदै गएका कारण अझै केही दिन मौसम बदली भई चिसो बढ्ने अनुमान गरिएको छ ।

अरब सागरबाट पाकिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई पानी पर्दा आइतबार काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको थियो ।

“पश्चिमी वायुको प्रभाव सकिएर आज देशको मध्यभागमा मौसम सफा रहेपनि पश्चिमी र पूर्वी भेगका केही स्थानमा मध्याह्नपछि हल्का बादल छाएको छ, पश्चिमी वायु पुनः सक्रिय भएकाले यो समस्या आएको हो, आइतबारको जस्तो ठूलो प्रभाव नपर्ने भएपनि केही दिन मौसम सामान्य बदली भई हल्का पानीसमेत पर्नेछ,” मौसमविद् राजाराम ढकालले भन्नुभयो ।

अरब सागरबाट अफगानिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट आज पश्चिमी वायु प्रवेश गरेकाले क्रमशः मौसम बदली भई चिसो बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम न्यूनतम ३.५ तथा अधिकतम १७ डिग्री सेल्सियस रहेको छ । रासस