उदयपुर, २९ मंसिर । केही दिनयता मौसम परिवर्तनसँगै चिसो बढ्दै गएपछि उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रका विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ ।
चिसोको कारण विद्यालयमा विद्यार्थी नै उपस्थिति हुन छाडेपछि विद्यालयको पठनपाठन नै प्रभावित हुन थालेको पोखरी–३ पञ्चकन्या प्रावि मलबाँसेका शिक्षिका कुमारी बुढाथोकीले बताए ।
जिल्लाको पोखरी सल्ले माविमा पनि चिसोको कारण विद्यार्थी कम उपस्थिति हुन थालेपछि पठनपाठनमा प्रभावित भएको विद्यालयले जनाएको छ ।
जिल्लाको सबैभन्दा उच्च पहाडी स्थानमा रहेको इनामेको माझखर्क क्षेत्रमा पनि चिसो बढेपछि माझखर्क प्राविलगायतका स्थानका विद्यालयमा विद्यार्थी नै उपस्थित हुन छाडेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।
यस्तै छानागाउँ, बराहालगायत जिल्लाको उच्च स्थानमा बढी चिसो बढेसँगै अहिले विद्यालयका तल्लो तहका कक्षाका विद्यार्थी घरमा नै बस्ने गरेपछि विद्यालयमा पठनपाठन प्रभावित भएको बराहका विष्णु मगरले बताए ।















प्रतिक्रिया