काठमाडौं २९ मंसिर । केही दिन यताको चिसोले देशभरको जनजीवन कष्टकर बनेको छ ।
तराइका जिल्लामा शीतलहर परेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । राजधानीलगायत अधिकांश ठाउँमा शुक्रबार राति र शनिबारको बर्षाले चिसो ह्वात्तै बढाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी क्षेत्रका आज केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । पश्चिमी उच्च क्षेत्रमा सामान्य हिमपात पनि हुन सक्ने जनाइएको छ । राजधानीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । भोलिदेखि मात्र मौसममा सुधार आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम सम्बन्धी जानकारी १६१८०७०७३३३३३ मा फोन गरेर पनि लिन सकिने महाशाखाले जनाएको छ ।
यसैबीच त्रिभुवन विमानस्थलबाट अहिलेसम्म कुनै पनि उडान हुन सकेको छैन । बाक्लो हुस्सुका कारण आन्तरिक तथा बाह्य उडानहरु अहिलेसम्म हुन नसकेको विमानस्थलले जनाएको छ ।
















प्रतिक्रिया