२९ आश्विन २०८३, बिहिबार

दुई अफगान प्रहरी र आठ तालिवानको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

afgh-MMAP-mdअफगानिस्तान, २८ मंसिर । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा  दुई अफगान प्रहरी र तालिवान सशस्त्र विद्रोहीका प्रमुख कमाण्डर मुल्लाह मोमेनसहित आठ तालिवानको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्
।
अफगान राष्ट्रिय प्रहरीले हेलमान्ड–कान्दाहार राजमार्गमा तालिवान सशस्त्र विद्रोहीको विरुद्ध जारी राखेको कारबाहीको क्रममा तालिवानका प्रमुख कमाण्डर मुल्लाह मोमेनसहित आठ तालिवानको मृत्यु भएको हेलमान्ड प्रान्तमा उप गभर्गर मसौउद बखतावारले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

यस कारबाहीको क्रममा दुई अफगान प्रहरीले  पनि ज्यान गुमाउनु परेको जनाइएको छ । आगामी डिसेम्बर ३१ बाट नेटो सैनिकले आफ्नो लडाकूको भूमिकालाई परिवर्तन गरी सहयोगको भूमिका निभाउने भएको छ ।

त्यसैगरी अफगानिस्तानमा तालिवान आतङ्ककारीसँगको लडाइँमा सन् २०१० मा एक लाख ३० हजार सैनिक रहेकामा सो सङ्ख्या झरेर १२ हजार ५०० मा आउने भएको छ ।

अर्थात् यसै महिनाको अन्त्यबाट अफगानिस्तानमा रहेका नेटो आवद्ध प्रायः सैनिकले अफगानिस्तान छोड्ने छन् ।

सन् २०१५ बाट नेटो आवद्ध १२ हजार ५०० सैनिक मात्र अफगानिस्तानमा बाँकी रहने भएका छन् । ती नेटो सैनिकले पनि अफगान सैनिकलाई तालिम, सल्लाह जस्ता कार्यमा मात्र सहयोग गर्ने छ ।

सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ । रासस/सिन्ह्वा/एएफपी