१ कार्तिक २०८३, आइतबार

प्रहरी कार्यालय छेउमा कुकर बम फेला परेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २८ मंसिर । दमकस्थित इलाका प्रहरी कार्यालय छेउ एउटा बेवारिसे कुकर बम फेला परेको छ । कार्यालयको पछाडि रहेको पर्खालको झाडीमा बम फेला परेपछि ती क्षेत्रका बासिन्दा आतङ्कित भएका छन् ।

आइतबार बिहान करिब १० बजेर ३० मिनेट जाँदा बम फेला परेको प्रहरीले जनाएको छ । सो कुकर बम निष्क्रिय गर्न झिलझिलेस्थित नेपाली सेनाको एक टोली आउने तयारी भएको इप्रका दमकका डिएसपी रविकुमार पौडेलले जानकारी दिनुभयो । प्रहरीले बम फेलापरेपछि केही समय त्यस क्षेत्रमा आउजाउ गर्न रोक लगाएको थियो ।