काठमाडौँ, २८ मंसिर । नेशनल लाइफ जनरल इन्सुरेन्सका वीमा एजेण्ट प्रकाश झा २ लाख ५० हजार घुससहित रंगे हात पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० लाख रुपैयाँ बराबरको वीमा रकम दावी गर्नका लागि रिपोर्ट बनाउन अढाई लाख रुपैया घुस माग्दै गरेका बेला रंगेहात पक्राउ गरेको हो ।
एक महिलाको व्यापारिक र्फममा आगलागि भई नष्ट भएपछि वीमा रकम दावी गर्नका लागि रिपोर्ट बनाउने क्रममा घुस माग्दै गर्दा अख्तियारले झालाई काठमाडौंको गैरीगाउँबाट पक्राउ गरेको हो । अख्तियारले ती महिलालाई आफ्नै पैसा दिएर पठाएको थियो ।















प्रतिक्रिया