१ कार्तिक २०८३, आइतबार

अर्घाखाँचीका १ सय १३ वनको विरोध प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २८ मंसिर । सरकारले घोषणा गरेको चुरे वातावरण संरक्षण क्षेत्र खारेजीको माग गर्दै अर्घाखाँचीका १ सय १३ वन समितिले विरोध प्रदर्शन गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीको संयोजनमा जिल्लाका १ सय १३ सामुदायिक वनका उपभोक्ताहरु ठाडादहमा भेला भई विरोध प्रदर्शन गरेका हुन ।

भेलालाई सम्बोधन गर्दै चूरे संघर्ष समितिका संयोजक एवं सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष गणेश कार्कीले सरकारले घोषणा गरेको चूरे संरक्षण क्षेत्रले वन लगायत प्राकृतिक स्रोतमाथिको अधिकार कटौती गरेकाले स्थानीय उपभोक्ताहरुलाई सजग हुन आग्रह गर्नुभयो ।

सभामा समुदायमा आधारित वन सहजकर्ता सञ्जालका अध्यक्ष भोला खतिवडाले चुरे वातावरण संरक्षण घोषणा गरि सरकारले वन उपभोक्ताहरुको अधिकार कटौती गर्न खोजिरहेको भन्दै अधिकारको आन्दोलनमा आवहान गर्नुभएको थियो ।

हिमवन्ती नेपालकी अध्यक्ष रमा आलेमगरले चुरे संरक्षण कार्यक्रमले उपभोक्ताको अधिकार कुण्ठित गरेको भन्दै कार्यक्रम फिर्ता लिनुपर्ने बताउनुभयो । सभामा जिविस महासंघका प्रवक्ता कृष्णप्रसाद जैसी, गाविस महासंघका महासचिव भीम ढुंगाना लगायतले चुरे संरक्षण कार्यक्रमले उपभोक्तालाई अधिकारविहीन बनाउन खोजेको बताएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै राजनीतिक दलका जिल्लास्तरीय नेताले चुरेमा सरकारले लिएको कदमको विरोध गर्ने र यसबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने बताएका थिए ।

सरकारले असार २ गते वातावरण संरक्षण ऐन २०५३ को दफा १० बमोजिम वातावरण संरक्षण क्षेत्र घोषणा गरेको थियो । यो घोषणाका विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ लगायत २० जनसंगठनहरु देशव्यापी रुपमा आन्दोलनमा छन् ।