१ कार्तिक २०८३, आइतबार

संविधानका विवादित मुद्दालाई टुङ्ग्याउन काँग्रेस केही लचिलो हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-nccकाठमाडौँ, २८ मंसिर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलमा संविधान  विवादित मुद्दालाई टुङ्ग्याउने सम्बन्धमा कति हदसम्म लचिलो हुन सकिन्छ भन्ने विषय केन्द्रित रहेर छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संसदीय दलको बैठकमा संविधानका मुख्य विवादित विषयमा सहमति जुटाउन कुन–कुन विषयमा कति हदसम्म लचिलो हुने भन्ने सम्बन्धमा सभासद्हरुले आ–आफ्ना धारणा राखेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा प्राप्त प्रस्तावमा सहमति पनि जुटाउन नसकेको र प्रश्नावली पनि नबनाई संविधानसभामा पेस गरेपछिको परिस्थितिमाथि छलफल भएको प्रमुख सचेतक श्रेष्ठले बताउनुभयो ।

सभासद् एवम् केन्द्रीय सदस्यहरुले निर्धारित मितिमै संविधान जारी गर्न संविधानसभासम्बन्धी नियमावली र संविधानसभाले संविधान निर्माणका लागि पारित गरेको कार्यतालिकालाई संशोधन गरेर भए पनि निर्णयमा पुग्नुपर्ने सुझाव दिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री तथा सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका विषयमा अन्य दलसँग भएका छलफल र सहमतिबारे जानकारी गराउनुभएको थियो ।