चौतारा, २८ मंसिर । सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोसी आयोजनाका लागि इन्धन बोकेर गएको ट्याङ्करमाथि शुक्रबार अपराह्न तोडफोड भएको छ ।
गाती गाविसको जम्बु भन्ने स्थानमा तोडफोड भएपछि दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा घुम्चाङ–७ का ३१ वर्षीय मीनबहादुर श्रेष्ठ र मानेस्वाँरा–४ का दावा लामा छन् । आफूहरूले पनि तेल ढुवानी गर्न पाउनुपर्ने भन्दै एक ग्रुपले अर्को ग्रुपलाई आक्रमण गरेको र तोडफोडबाट ट्याङ्करको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।
चिलिमेको अगुवाइमा भोटेकोसी नदीमा १०२ मे.वा.को आयोजना निर्माण भइसकेको छ ।















प्रतिक्रिया