बनेपा, २७ मंसिर । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एकजना युवाले स्वदेश फर्केर विषादी रहित गोलभँेडा खेती सुरु गरेका छन् ।
काभ्रेपलाञ्चोकको नयाँ गाउँ गाविस– ५ निवासी शम्भु घर्तीले आफ्नो झन्डै दुई रोपनी जमिनमा लगाएको खेतीबाट एक लाख आम्दानी गर्ने लक्ष्य राखेको बताए ।
“मलेसिया गएर धेरै समय बिताइयो, धेरै दुःख पनि पाइयो त्यसैले पछि गाउँघरमा नै केही गरौँ भन्ने सोचआयो, त्यसैले मैले यो काम गरें” घर्तीले भने ।
कविता जातको उन्नत् गोलभँडा खेती गरेका उनले करिब सात जनाको परिवार सजिलै पाल्न सकिने बताए ।















प्रतिक्रिया