२९ आश्विन २०८३, बिहिबार

चिनी नेपाली बोरामा खन्याएर बिक्री गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २७ मंसिर । भारतीय बजार सुनौलीबाट अवैधरूपमा तस्करी गरी ल्याएका खाद्यान्न सामग्री भैरहवाको गल्लामन्डीमा भन्डारण गरी अवैधरूपमा बिक्री वितरण गर्न थालिएको छ ।

भारतीय बजार सुनौलीबाट प्रहरीको आडबाटै दिनदहाडै तस्करले ल्याएको खाद्यान्न सामग्री भैरहवाको गल्लामन्डीमा भन्डारण गरी अवैध कारोबार गर्न लागेको खुल्न आएको छ ।

भारत–नेपालको खुला सीमा नाकाको फाइदा उठाउँदै भैरहवा आसपासका नाकाबाट तस्करले ल्याएको सामान गल्लामन्डीका गोदाममा जम्मा गर्ने र त्यहाँबाट नेपाली ट्याग लगाई नेपालका विभिन्न स्थानमा बिक्रीका लागि लैजाने गरेका छन् ।

गल्लामन्डीमा यस्ता दर्जनाँै अवैध सामग्री भन्डारण गर्ने गोदाम रहेको सुरक्षा निकायलगायत भन्सारलाई जानकारी भए पनि लाइन मिलेकै कारण उनीहरू मौन बसिरहेको स्थानीयले बताएका छन् ।

भैरहवा गल्लामन्डीमा मिल सञ्चालन गरी बसेका अरूण गुप्ताको मिलमा भारतबाट अवैधरूपमा ल्याइएका बोराका बोरा चिनी तथा चामल खन्याइँदै गरेको भेटिएको छ ।