इन्डोनेसिया, २७ मंसिर । इन्डोनेसियाको जाभा द्वीपको मध्ये भागमा पर्ने बाङ्जानेगारा जिल्लामा शुक्रबार गएको पहिरोमा परी १२ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
यस पहिरोमा परी एकसय भन्दा बढी व्यक्ति हराइरहेका जनाइएको छ । जाभा द्वीपको जेमब्लुङ्ग गाउँमा गएको यस पहिरोबाट १२ व्यक्तिको शव निकालिएको र अन्य एकसय भन्दाबढी बेपक्ता रहेका राष्ट्रिय प्रकोप व्यवस्थापनका एक अधिकारी बेनी मुवानस्याहले बताएका छन् ।
यस प्रकोपको क्रममा चार व्यक्तिहरु गम्भीर घाइते भएका र अन्य ११ जना सामान्य रुपमा घाइते भएका बताएको छ । सैनिक, प्रहरी, स्थानीय र उद्धार अधिकारीहरुको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । रासस /एएफपी













प्रतिक्रिया