काठमाडौँ, २७ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पोलिटव्यूरो चयनका लागि सहमति जुटाउन छलफलमा जुटिरहेका बेला पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।
पोलिटव्यूरो चयनका लागि निर्वाचन प्रक्रियामा नजाने नेताहरुले बताइरहे पनि आयोगले भने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
एमालेले गठन गरेको कार्यदलले पोलिटव्यूरो सदस्यको योग्यताको बिषयमा शुक्रबार प्रतिवेदन बुझाएपछि शनिबार आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेको हो ।
आयोगले घोषणा गरेको कार्यतालिका अनुसार निर्वाचन कार्यक्रम २ बजेदेखि सुरु हुनेछ। २ बजे उमेदवारी मनोनयनको कार्यक्रम राखिएको छ ।
ओली र नेपाल समुहबीच सहमति नभए पोलिव्यूरोमा १६ पदाधिकारीसहित ३९ पूर्ण सदस्य र १५ जना वैकल्पिक पोलिटव्यूरोका लागि निर्वाचन हुनेछ ।















प्रतिक्रिया