काठमाडौं, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कतार भ्रमण स्थगित भएको छ ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चको अधिवेशनलाई सम्बोधन गर्न जान लागेका ओलीको भ्रमण अन्तिम समयमा आएर स्थगित भएको हो । कार्यव्यस्तताका कारण भ्रमण स्थगित भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
मञ्चको डिसेम्बर १९ मा दोहामा हुने अधिवेशनमा भाग लिन अध्यक्ष ओली जाने कार्यक्रम थियो । अधिवेशनमा जाने कार्यक्रम स्थगित भएपनि कतार सरकारसँगको मैत्रीपूर्ण भेटवार्ताका लागि भने अध्यक्ष ओली आगामी जनवरीमा कतारमा जाने बताइएको छ ।
दोहामा हुने मञ्चको सम्मेलनका लागि युद्धस्तरमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष चानक पोखरेलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया