२९ आश्विन २०८३, बिहिबार

मलाला नोबोल पुरस्कारको तालिवानी आतङ्कवादी समूहको कटु आलोचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malalaइस्लामाबाद, २६ मंसिर । बालिकाको शिक्षाको अधिकारका लागि लड्दै आएकी पाकिस्तानी १७ वर्षीया नवयुवा मलाला युसफजईले प्राप्त गरेकी नोबेल शान्ति पुरस्कारको पाकिस्तानी तालिवानले कटु आलोचना गरेका छन् ।

यो इस्लामिक समाजको विपरित भएको तालिवानले बताएका छन् । नोबेल शान्ति पुरस्कार बिजेता मलालालाई सन् २०१२ को अक्टोबर ९ मा तालिवानले टाउकोमा गोली प्रहार गरी उनलाई हत्याको  प्रयास गरेपछि पाकिस्तानकी यी नवयुवालाई विश्वनै सामु परिचित भएकी थिइन्  ।

मलालाले गत बुधबार नर्वेको ओसो सहरमा नोबेल पुरस्कार वितरण समारोहमा बोल्दै हरेक बालबालिकाको विद्यालय जाने अधिकारको लागि आफूले सधैँ सघर्ष जारी राख्ने बताएकी छिन्

मलाला सबैभन्दा कम उमेरकी पुरस्कार बिजेताका रूपमा नोबेल शान्ति पुरस्कार प्राप्त  गरेकी थिइन । मलालाले प्राप्त गरेको यस नोबेल पुरस्कारको पाकिस्तानी तालिवान र अन्य आतङ्कवादी समूहले विरोध गरेका छन् ।

तेहरिक इ तालिवान पाकिस्तान (टीटीपी) का प्रवक्ता मलालाले प्राप्त गरेको नोबेल पुरस्कार शिक्षाको लागि नभएर पश्चिमा संस्कृतिको प्रोत्साहान  लागि भएको दाबी गरेका छन्

मलालालाई हालसम्म निकै पुरस्कार प्राप्त भएका छन् भने उनलाई संयुक्त राष्ट्र सङ्घदेखि बकिङघम राजप्रासादसम्म प्रशंसा र सम्मान प्राप्त भएको छ ।

पुरस्कार समारोहको पूर्व सन्ध्यामा उनले आफू एक दिन आफ्नो मुलुकको प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेकी बताइएको छ । रासस/एएफपी