२९ आश्विन २०८३, बिहिबार

पश्चिमाञ्चल महोत्सवमा सिद्धार्थ बैंकको मोबाइल एटिएम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siddhartha-Bank-buildingलुम्बिनी, २६ मंसिर । नेपाली बैंक इतिहासमा नै पहिलोपटक सिद्धार्थ बैंक लिमिटेडले सञ्चालनमा ल्याएको मोबाइल एटिएम सेवा भैरहवामा जारी पश्चिमाञ्चल महोत्सवमा सुरुवात भएको छ ।

महोत्सवमा अवलोकनका लागि उक्त मोबाइल एटिएम सेवा ल्याएको बैंकले जनाएको छ ।

बैंकले उक्त मोबाइल एटिएम सेवा मुलुकमै पहिलोपटक दुई महिनाअघि नै सञ्चालनमा ल्याएको हो ।

विशेषगरी बैंकले नेपालका विभिन्न स्थानका मेला तथ महोत्सवलाई लक्षित गरेर उक्त मोबाइल एटिएम सञ्चालनमा ल्याएको बैंकका शाखा प्रबन्धक बाबुजी थापाले जानकारी दिनुभयो ।

उहाँले महोत्सवमा ल्याइएको मोबाइल एटिएमबाट नेपालमा प्रचलनमा रहेका सम्पूर्ण किसिमका एटिएम कार्ड प्रयोग गर्न सकिने बताउनुभयो ।

मेला अवधिभर मेला प्राङ्गणमा रहने सो मोबाइल एटिएमबाट एकपटकमा रु ५०० देखि १५ हजार र एक दिनमा रु एक लाखसम्म निकाल्न सक्ने बैंकका बजार प्रबन्धक जीवन घिमिरेले बताउनुभयो ।

मुलुकभर ४६ वटा शाखाबाट सेवा दिँदै आएको सो बैंकले आगामी मङ्सिर २९ गते लुम्बिनी र बुटवलमा सो मोबाइल एटिएम सडक प्रदर्शनमा ल्याउने जनाएको छ ।