१ कार्तिक २०८३, आइतबार

पुजारीको हत्यापछि गाउँ नै सुनसान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhorpatan

रबिना बोहरा

बागलुङ, २५ मंसिर । पुजारीको हत्यापछि ढोरपाटनको अधिकारीचौर गाविसस्थित छेन्तुङ बस्ती अहिले सुनसान देखिन थालेको छ ।

छेन्तुङमा पातलो मानवबस्ती रहेता पनि हिउँद महिना लागेपछि उनीहरु पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्न थालेपछि अहिले उक्त बस्ती डरलाग्दो अवस्थामा पुगेको छ ।

विगत ४ बर्ष अगाडि छेन्तुङस्थित एक गुम्बामा बस्ने लामालाई गोली हानेर हत्या गरेपछि पनि सो ठाउँमा जान मानिसहरु डराउने गरेका छन् । गुम्बामा धातुको जलप लगाइएको मुर्ति भएकाले लुटेराहरुले मुर्ति चोरी गर्न जाँदा गुम्बाको पुजारीलाई नै गोली हानी हत्या गरेको ढोरपाटन सिकार आरक्षका प्रमुख विश्वबाबु श्रेष्ठले बताउनुभयो । पुजारीको हत्यापछि त्यहाँको बस्ती नै त्रसित भई बाहिर गएकाले गुम्बाको वरपर सुनसान रहेको पनि श्रेष्ठले बताउनुभयो । हत्याको घटना घटेपछि त्यहाँ बस्ने मानिसहरु आतङकित भएर पहिले भन्दा केही मात्रामा मानवबस्ती बढेको पनि उहाँले बताउनुभयो ।
गुम्बामा पहिले धेरै मानिसहरु घुम्न जाने गर्थे भने अहिले त्यहाँ पहिले जस्तो चहलपहल ठाउँ नभएकाले मानिसहरु पनि घुम्न नआउने ढोरपाटन सिकार आरक्षले जनाएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नेपाल सरकारको कुनै ध्यान जान नसक्दा पनि स्वदेशी अथवा विदेशी पर्यटकहरु कम मात्रा जाने गर्छन् । पर्यटकीयस्थलका रुपमा रहेको ढोरपाटनमा नेपाल सरकारले सुरक्षाको व्यवस्था गर्ने र विकासका योजनाहरु विस्तार गर्ने हो भने नेपालको छुट्टै पहिचान बन्न सक्ने ढोरपाटन सिकार आरक्षका प्रमुख श्रेष्ठको भनाइ थियो ।