२९ आश्विन २०८३, बिहिबार

महोत्तरीमा चालीस करोड महसुल उठ्न बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijuli-pollमहोत्तरी, २६ मंसिर । नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले ग्राहकसँग ४० करोड  विद्युत् महसुल असुली गर्न बाँकी रहेको जनाएको छ ।

गत वर्षसम्म  ३० करोड रहेको विद्युत्को बाँकी महसुल यस वर्ष १० करोड बढेर ४० करोड पुगेको हो ।

विद्युत् लाइन काट्ने र चोरी नियन्त्रण गर्ने अभियानबाट विद्युत्को झन्डै  ५० लाख पुरानो बक्यौता उठ्ने आशा लिएको कार्यालयले जनाएको छ ।

गत वर्ष विद्युत् चोरीको जरिवाना र लाइन काट्ने अभियानबाट प्राधिकरण महोत्तरीले झन्डै ४० लाख असुल गरेको थियो ।

प्राधिकरणसँग आवश्यक जनशक्ति नहुँदा जिल्लाभरिमा ५० प्रतिशतभन्दा बढी विद्युत् चुहावट हुने गरेका कार्यालयका प्रमुख जितेन्द्र झाले बताउनुभयो ।

हाल महोत्तरीमा मासिक एक करोड बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ ।

प्राधिकरण महोत्तरीमा हाल ४१ जना स्थायी कर्मचारीको दरबन्दी खाली छ ।

१४० जना स्थायी कर्मचारीको दरबन्दी रहेकामा हाल ९९ जना मात्रै कर्मचारीले काम चलाउँदै आएको कार्यालय प्रमुख झाले जानकारी दिनभयो ।

जसको कारण जिल्लाको ग्रामीण क्षेत्रमा प्राधिकरणले वर्षांदेखि ग्राहकको मिटर रिडिङ गर्न सकेको छैन ।

जिल्लाको दक्षिणी क्षेत्रका ४९ वटा गाविसमा भारतबाट तथा उत्तरी क्षेत्रका २७ वटा गाविसमा नेपालबाट विद्युत् वितरण हुँदै आएको छ ।