१ कार्तिक २०८३, आइतबार

श्रीमतीको हत्या गर्ने थामी यसरी पुगे प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiमेलम्ची, २५ मंसिर । सिन्धुपाल्चोक जिल्लाको मार्मिङ गाविस वडा नं ८ मा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।
मंसिर २३ गते ५२ वर्षीय श्रीमान् मङ्गल थामीले ३९ वर्षीया श्रीमती आइतमाया थामीको निधार र दाहिने घुँडामा खुुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए ।
गम्भीर घाइते भएकी आइतमायाको समयमा उपचार नपाएर गएराति निधन भएको हो । जिल्ला प्रहरी कार्यालयमा यो घटनाका सम्बन्धमा उजुरी आएको प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो  ।

स्थानीयवासीको सूचनाको आधारमा सोही गाउँको जङ्गलबाट बिहीबार मङ्गललाई पक्राउ गरिएको हो । विष सेवन गरेको पाइएकाले उनलाई प्रहरीको नियन्त्रणमा बाह्रबिसेस्थित क्रिस्टन अस्पतालमा उपचारार्थ लगिएको छ ।