१ कार्तिक २०८३, आइतबार

प्रहरी भन्छ – ‘प्रेम प्रस्ताव अस्वीकार गरेका कारण रितुको हत्या’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ritu_mahaseth

काठमाडौँ, २५ मंसिर । काठमाडौंमा दिनदहाडै हत्या गरिएकी धनुषाकी रितु महासेठको हत्या प्रेम प्रस्ताव अस्वीकार गरेको प्रतिसोधमा भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाले रितुको हत्यामा संलग्न धनुषाका २७ बर्षीय विमलेशप्रसाद यादवलाई बिहीबार सार्वजनिक गर्दै यसको खुलासा गरेको हो ।

यादवले धनुषा तुलसीयाहीजव्दी–४ घर भई हाल काठमाडौँस्थित कान्तिपुर कलेज मिलनचोक बानेश्वरमा बिबिए पहिलो वर्षमा अध्ययनरत २० वर्षीय रितुलाई मंसिर २० गते घट्टेकुलो धोवीखोला करिडोरमा छुरी हानी घाइते बनाएका थिए । रितुको उपचारका क्रममा सोही दिन त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

Bimlesh-Prasad-Yadav-Apradh

यादवले रितुलाई प्रेम प्रस्ताव गरी केही वर्षदेखि पछ्याइरहेको र रितुले नमानेपछि प्रतिशोध लिने उद्देश्यले सो घटना घटाएको अनुसन्धानको क्रममा खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । प्रहरीले बुधबार साँझ यादवलाई बालाजुबाट पक्राउ गरेको थियो ।