१ कार्तिक २०८३, आइतबार

श्रीअन्तुमा विभिन्न आकृतिका शिला भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २५ मंसिर । पूर्वी इलामको श्रीअन्तु–६ स्थित सिद्धिखोला छेउमा विभिन्न भगवान्का आकृति भएका शिला फेला परेका छन् ।

सोही स्थानका नरेन्द्र राईले सो स्थानमा देवीदेवता सपनामा देखेपछि उक्त ठाउँमा गएर उत्खनन गर्ने क्रममा भगवान्का आकृति भएका शिला भेटिएको राईले बताउनुभयो ।

ती शिलाको राईले नामकरणसमेत गर्नुभएको छ ।

हातको चित्र भएको शिलालाई बुद्धको दाहिने हात, सुदर्शन चक्र, आँखाको चित्र भएको शिलालाई सेतीदेवीको आँखा, किराँतेश्वर महादेव र कान्छी पाथीभराको नामकरण गरिएको छ ।

एक साताअघि फेला परेका ती शिलाहरू हेर्न तथा पूजा गर्न आउने भक्तजनको घुइँचो लाग्न थालेको छ ।

शिला फेला परेपछि स्थानीयले शनिबार र मङ्गलबार पूजाआजा गर्न थालेका छन् । पैतलाको समेत आकृति भएको शिला भेटिएपछि त्यसलाई विष्णुनारायण भगवान्को पैतला भनेर नामकरण गरिएको छ ।

उक्त स्थानमा सिद्धेश्वर महादेवले तपस्या गरेको स्थानसमेत रहेको किंवदन्ती छ । प्राकृतिक रूपमा विचित्रको देखिने उक्त स्थानलाई संरक्षण गर्न देवेन्द्र शर्माको अध्यक्षतामा देवालय संरक्षण समिति गठन गरिएको छ ।