१ कार्तिक २०८३, आइतबार

सूर्यकुमार क्षेत्रीलाई आर्थिक सहयोग जुट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surya-kumar

काठमाडौं, २४ मंसिर । ब्रेन ट्युमरको उपचार गराइरहेका नेपाल प्रेस युनियन केन्द्रीय समितिका सचिव सूर्यकुमार क्षेत्रीको उपचारमा विभिन्न संस्थाहरुबाट संस्थागत रुपमा सहयोग जुट्ने क्रम जारी रहेको छ।

क्षेत्रीको उपचारका लागि प्रेस युनियनको पहलमा बुधवार २० हजार रुपियाँ सहयोग जुटेको छ। नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शरदकुमार गौचन र डाँफे कन्सट्रक्सनका तर्फबाट सो रकम प्रेस युनियनलाई हस्तान्तरण गरिएको हो। नेपाल प्रेस युनियनका जिल्ला शाखाहरुले संकलन गरेको रकम समेत एकमुष्ट क्षेत्रीलाई हस्तान्तरण गरिने युनियनले जनाएको छ।

क्षेत्रीको उपचारमा सहयोग पुर्‍याउन नेपाल प्रेस युनियन केन्द्रिय समितिले तत्काल ५० हजार रुपैयाँ दिने र उपचारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको थियो। युनियनका पहलमा रासस प्रतिष्ठान शाखाले १२ हजार रुपैयाँ, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकारहरुका तर्फबाट २५ हजार सहयोग समेत यसअघि नै संकलन भएको महासचिव अजयबाबु शिवाकोटीले जनाएका छन् ।

क्षेत्रीको मंसिर १७ गते अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया भएको थियो।