इलाम, २४ मंसिर । पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना सञ्चारकर्मीलाई मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
विराटनगरमा रहेर मानवअधिकारका क्षेत्रमा दुई दशकदेखि कमल चलाउँदै आउनुभएका पत्रकार यज्ञ शर्मालाई विश्व मानवअधिकार दिवसका अवसरमा बुधबार मानवअधिकार मञ्च नेपाल इलामले प्रथम मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारले पुरस्कृत गरेको हो ।
शर्मालाई पुनरावेदन अदालत इलामका निमित्त मुख्य न्यायाधीश रमेश पोखरेलले १० हजार नगद र सम्मानपत्र प्रदान गर्नुभयो ।















प्रतिक्रिया