१ कार्तिक २०८३, आइतबार

विदेशिएका युवालाई स्वदेशमै फर्काइन्छ : प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12

पोखरा, २४ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले देशमा विकासको ढोका खुलिसकेकाले दश वर्षभित्र विकासको कायपलट हुने दाबी गर्नुभएको छ ।

नेपाल पर्वतारोहण संघ पोखराले बुधबारदेखि रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सुरु गरेको तीनदिने पर्वतीय महोत्सवको शुभारम्भ गर्दै प्रधानमन्त्री कोइरालाले देशमा आर्थिक क्रान्ति गरी विदेशिएका ३०÷३५ लाख युवालाई स्वदेशमै फर्काएर काम दिने वातावरण बन्नेछ भन्नुभयो ।

छिमेकी मुलुकहरुसँग ठूला जलविद्युत् आयोजनाको सम्झौता गर्दा नेपाल तल पर्ने गरी राष्ट्रिय हित विपरीत कुनै निर्णय नगरेको स्पष्ट गर्दै सडक, विद्युत्, खानेपानी, शिक्षा, पर्यटनजस्ता हरेक क्षेत्रको विकास अघि बढेको उहाँको भनाइ थियो ।

बाहिर जेसुकै कुरा आए पनि आगामी माघ ८ गते नै नयाँ संविधान जारी हुनेमा कुनै सन्देह नरहेको स्पष्ट गर्दै प्रधानमन्त्री कोइरालाले यसका लागि चारवटै पार्टीका शीर्ष नेताबीच छलफल भइरहेको र छिट्टै नै एउटा सकारात्मक निर्णय आउने बताउनुभयो ।

‘‘अब कसैले पनि कुनै किसिमको आन्दोलन र अशान्ति मच्चाएर हिँड्नु पर्दैन, सबै जातजाति, वर्ग र समुदायको हक सुनिश्चित हुने गरी नयाँ संविधान जारी हुनेछ’’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कोइरालाले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण भएपछि विदेशी पर्यटकको सङ्ख्यामा अत्यधिक वृद्धि हुने बताउनुभयो ।