तिर्थराज डुम्रे
कावासोती, २३ मंसिर । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहेका बेला नेपाल बिद्युत प्राधिकरण कावासोती बितरण केन्द्र नवलपरासीका सुपरभाइजर दिनेश श्रेष्ठ घुस रकम लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन् ।
फर्निचर उद्योग सञ्चालनका लागी आवश्यक पर्ने थ्री फेस लाइन जोड्नका लागि सेवाग्राहीबाट घुस लिन लागेको भन्ने बिशेष सूचनाका आधारमा बुटवलबाट आएको अख्तियारको टोलीले उनलाई दश हजार घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।
नवलपरासीको कावासोती ४ छिपछिपेमा सञ्चालन गर्न लागिएको छिपछिपे फर्निचर उद्योगका लागि बिद्युत जडान गर्न आबश्यक पर्ने ६ हजार ९ सय ७६ बाहेक १० हजार २४ रुपौया घुस रकम मागेपछि प्रोपाइटर गोपिकृष्ण शर्माले अख्तियारमा खबर गरेका थिए ।
श्रेष्ठलाई थप अनुसन्धानका लागी नियन्त्रणमा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यलय बुटबलले जानकारी दिएको छ ।
















प्रतिक्रिया