काठमाडौं, २३ मंसिर । सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमको सञ्चालक समितिमा तीन जना नियुक्त भएका छन् ।
पर्यटन मन्त्रालयले मंगलबार पर्यटन व्यवसायीहरु मुक्ति पाण्डे, पवित्रकुमार कार्की र निमा नोरु शेर्पालाई निगम संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।
पर्यटन व्यवसायीमा लामो अनुभव भएका पाण्डे यसअघि नेपाल पर्यटन बोर्डको सदस्य थिए । मेगा बैंकका संचालक समितिका सदस्य भइसकेका पाण्डे अहिले टुरिजम डेभलपमेन्ट बैंकका संचालक समिति सदस्य पनि छन् । वित्तीय क्षेत्रको समेत राम्रो दख्खल राख्ने पाण्डे प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा परिचित छन् ।
संचालक समितिमा नियुक्त भएका कार्की भने यसअघि नेपाल नागरिक उड्ययन प्राधिकरणको सदस्य थिए ।














प्रतिक्रिया