१ कार्तिक २०८३, आइतबार

बम ठानिएको वस्तुभित्र प्रअलाई नियमित विद्यालय आउन आग्रह गरिएको चिठी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

leater-nepaliसिरहा, २३ मंसिर । सिरहाको विष्णुपुरकट्टी–७ स्थित तुलसीराम सत्यभामा डोटेल उच्च माध्यमिक विद्यालयमा भेटिएको शङ्कास्पद वस्तुभित्र चिठी भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीका अनुसार बम हो कि भनेर आशङ्का गरिएको वस्तु खोलेर हेर्दा चिठी फेला परेको छ ।

उहाँले भन्नुभयो, ‘बम झैँ देखिने उक्त डब्बा खोलेपछि चिठी पो फेला प¥यो । उक्त चिठीमा विद्यालयले छात्रवृत्ति रकम बाँड्नुप¥यो र प्रअ नियमित आउनुप¥यो भन्ने उल्लेख गरिएको छ ।’

बम झैँ देखिने गरी विद्यालयको ढोका नजिकै झुन्ड्याइएको उक्त वस्तुका कारण बिहान विद्यार्थी र शिक्षकहरु तर्सेका थिए । उक्त शङ्कास्पद वस्तु देखेपछि प्रअ बलराम भक्त श्रेष्ठले प्रहरी चौकी विष्णुपुरकट्टीलाई जानकारी गराउनुभएको थियो ।

उक्त शङ्कास्पद वस्तु हेर्न स्थानीय जनताको भीड नै लागेको थियो । विद्यार्थी तर्सिएका कारण आजको पठनपाठनसमेत प्रभावित बनेको प्रअ श्रेष्ठले बताउनुभयो । रासस