१ कार्तिक २०८३, आइतबार

इलाममा पाँच करोडको काठ नष्ट हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kathइलाम, २३ मंसिर । इलामको दक्षिणी सेक्टर वनअन्तर्गत गजुरमुखी इलाका वन कार्यालयले विभिन्न समयमा बरामद गरेको सवारीसाधनसहित पाँच हजार २२० क्युफिट काठ लिलाम बिक्री नहुँदा सड्ने अवस्थामा पुगेको छ ।

इलाका वन कार्यालयले आव २०६८–०६९ देखि हालसम्म बरामद गरेको बहुमूल्य काठको लिलाम बिक्री नहुँदा नष्ट हुने अवस्थामा पुगेको हो ।

एक–एकवटा बस, ट्रक, पाँचवटा ट्याक्टर, एउटा पिकअप, दुई–दुईवटा मोटरसाइकल र साइकल जीर्ण बन्दै गएका छन् ।

काठ लिलाम नहुँदा करिब ७० लाख काठ सड्ने अवस्थामा पुगेको इलाका वन कार्यालयका प्रमुख वाशिष्ठनारायण मिश्रले बताए ।

कार्यालय परिसरमा वन गस्ती टोलीले विभिन्न समयमा बरामद गरेको काठ तथा सवारीसाधनको जीर्ण बनेका छन् ।

जिल्ला वन कार्यालय र जिल्ला अदालतमा काठ तस्करीको अभियोगमा ३६ वटा मुद्दामा १४८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अदालत तथा जिल्ला वन कार्यालयबाट मुद्दा फैसला ढिलो हुँदा बरामद गरिएका काठ र साधन लिलाम बिक्रीमा समस्या उत्पन्न भएको मिश्रले बताए ।

बरामद गरेको साल, सिसौलगायत बहुमूल्य प्रजातिको रूखको गोलिया तथा चिरानका एक हजार ११० थान काठ सड्न लागेको छ ।

आर्थिक वर्ष २०६८–०६९ मा बरामद गरिएको एक हजार १९० थान काठ वन कार्यालय परिसरमै थन्किएको छ ।

त्यस अवधिमा नियन्त्रणमा लिइएको एउटा ट्रक, एउटा महेन्द्र पिकअप, चारवटा ट्याक्टर र दुई थान मोटरसाइकल इलाका वन कार्यालयको परिसरमा थन्किएको प्रमुख मिश्रले जानकारी दिए ।

बरामद भएका काठ तथा सवारीसाधनको वास्तविक मूल्य कति हो भन्ने तथ्याङ्क कार्यालयमा छैन ।

सवारीसाधनसहित रु पाँच करोडभन्दा बढीको सामान रहेको उनले बताए ।

कार्यालयमा पाँच वर्षदेखिको काठ छन् ।
तस्करीका क्रममा बरामद गरिएको काठ भने बरामद गरिएकै ठाउँमा रहेको छ ।

स्थानीय सामुदायिक वनका पदाधिकारी र स्थानीयलाई काठको जिम्मा लगाइए पनि त्यसको संरक्षण हुन नसकेको स्थानीयले बताएका छन् ।

खुल्ला ठाउँमा भएका काठ घामपानीकै कारणले नष्ट हुने अवस्थामा पुगेका छन् ।

बरामद गरी प्रक्रिया पु-याएर कतिपय काठ जिल्ला वन कार्यालयले आपूर्ति समितिमार्फत वितरण गर्ने गरेको छ ।