२९ आश्विन २०८३, बिहिबार

सानीमा हाईड्रो सञ्चालन हुँन आठ महिना लाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanima Hydro Powerचौतारा, २३ मंसिर । सिन्धुपाल्चोकको राम्चे–५ जुरेमा गएको पहिरोले क्षतिग्रस्त २ दशमलभ ५ मेगावाटको सानीमा हाईड्रो सञ्चालनमा आउन अझै आठ महिना लाग्ने भएको छ ।

सैतीस दिनसम्म सुनकोशी डुवानमा परी क्षतिग्रस्त मेशिनरी सामान पुरै फेर्नु परेकाले कम्तिमा आठ महिना समय लाग्ने आयोजनाका कार्यकारी निर्देशक डा सुवर्णदास श्रेष्ठले बताउनुभयो ।

उक्त आयोजना वन्द भएपछि उत्पादनवाट प्राप्त आम्दानी र नयाँ सामान झिकाउँदासमेत लाग्ने खर्च जोडदा २३ करोड घाटा भएको छ ।

त्यहाँ जडित सामान पुरै काम नलाग्ने भएपछि चिनवाट झिकाइएको र बिद्युत् गृहको भित्रि भागमा समेत मर्मत भइरहेको आयोजनाले जनाएको छ ।

यति ठूलो प्राकृतिक प्रकोपवाट आयोजना क्षतिग्रस्त भएपछि सरकारले राहत दिनुपर्ने भन्दै डा श्रेष्ठले भन्नुभयो –‘सरकारले बिद्युत् खरिद दरमा अनुदान दिई सामान खरिदमा पनि सहुलियत र  बैंक ऋणमा थोरै व्याज लिएर लगानीकर्तालाई राहत दिनुपर्ने माग गर्नुभयो ।

निजी क्षेत्रको लगानीमा सुनकोशी नदीमा निर्मित सो आयोजना साउन १७ गते गएको पहिरोले सुनकोशी नदी थुनिएर  ३७ औँ दिनमा नदी थप खुलेपछि मात्र बिद्युत गृह देखिएको थियो ।

त्यहाँ उत्पादित बिद्युत लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ ।