१ कार्तिक २०८३, आइतबार

सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Ka-Neta-Haru-Kp-Oliकाठमाडौं, २२ मंसिर । सत्तारुढ एमालेको केन्द्रीय कमिटीको बैठक केहीबेर बसेर मंसिर २४ गतेसम्मका लागि स्थगन गरिएको छ ।

पार्टी कार्यालय बल्खुमा आज बसेको बैठकमा अध्यक्ष केपी ओलीले संविधान निर्माणमा दलहरुबीचको छलफललाई प्राथमिकता दिनुपर्ने भएकाले बैठक स्थगन गरेको बताए ।

अध्यक्ष ओलीले एमालेलाई जनताले विश्वास गरेर समयमै संविधान बनाउन निर्णायक भूमिका निर्वाह गर्न जिम्मेवारी दिएकाले त्यसमा केन्द्रित हुन आह्वान गर्नुभएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

झाँक्रीका अनुसार अध्यक्ष ओलीले पार्टीहरुबीच सहमतिका लागि अधिकतम प्रयास गर्ने भन्दै नयाँ संविधानविनाको राज्यको परिकल्पना गर्न नसकिने धारणा राखेका थिए ।

यस्तै, अध्यक्ष ओलीले पार्टीले वर्तमान सरकारको परिवर्तन नभई विस्तारका लागि प्रयास अघि बढाइरहेको अवगत गराए ।

पार्टीको नवौं महाधिवेशनपछि स्थायी कमिटी, पोलिटब्युरो चयन, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा निर्णय नगरी यसअघि बैठक पटकपटक स्थगित भएको थियो ।

संविधान निर्माणमा पार्टीलाई केन्द्रित गर्ने भन्दै एक महिनाअघि तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो ।

आजको बैठकमा पनि समसामयिक राजनीतिक स्थिति, संविधान निर्माणबारे भएका वार्ता र जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने कार्यक्रम थियो ।