१ कार्तिक २०८३, आइतबार

हेटौँडामा जिप दुर्घटनामा छको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २२ मंसिर । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

हेटौँडातर्फ आउँदै गरेको ना. १ ज २४६७ नम्बरको सुमो जिप हेटौँडा–कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–५ पाण्डेडाँडामा आज दिउँसो दुर्घटना हुँदा जिपमा रहेका छ यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु भएका यात्रुको सनाखत हुन सकेको छैन ।

ती शवहरू हेटौँडातर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक बालिकासहित पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइते यात्रुहरूलाई तत्काल उपचारका लागि काठमाडौं पठाइएको सिस्नेरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।