पर्वत, २२ मंसिर । हुवास बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माण गर्ने उद्देश्यले पर्वतमा लगाइएको महायज्ञमा दुई करोड बराबरको नगद र जग्गा सङ्कलन भएको छ ।
एक करोड ७० लाख नगदसहित पाँच रोपनी जग्गा प्राप्त भएको हो । जग्गाको मूल्य ३० देखि ४० लाख पर्ने क्याम्पसले जनाएको छ ।
मंसिर ११ गतेदेखि सञ्चालनमा आएको महायज्ञमा उत्साहपूर्ण रुपमा रकम सङ्कलन भएको क्याम्पस प्रमुख ओमप्रकाश बस्यालले बताउनुभयो । महायज्ञमा शिक्षामन्त्री चित्रलेखा यादवले समेत भवन निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
पैञ्युक्षेत्रका दर्जन गाविसका विद्यार्थी लाभान्वित गराउने उद्देश्यले गत वर्ष स्थापना भएको क्याम्पसले जनसेवा संस्कृत उच्चमाविको भवनमा कक्षा सञ्चालन गर्दै आएको छ ।
गरिब तथा विपन्न विद्यार्थीलाई गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न, आधुनिक सुविधा सम्पन्न पूर्वाधार तयार गर्न, आवश्यक जग्गा व्यवस्थापन गरी शौचालयसहित १० कोठे भवन निर्माण गर्न, क्याम्पसस्तरका पाठ्यपुस्तकसहित अत्याधुनिक पुस्तकालय स्थापना गर्न, छात्रावाससहित व्यावसायिक प्राविधिक शिक्षालय स्थापना गर्ने उद्देश्य क्याम्पसले लिएको छ ।















प्रतिक्रिया