दाङ, २२ मंसिर । दाङको तुलसीपुर नगरपालिकामा ३० प्रतिशत मात्र विकासका योजना निर्माणका लागि उपभोक्तासँग सम्झौता भएका छन् ।
समयमै उपभोक्ता योजना सम्झौता गर्न नआउँदा विकास निर्माणका काममा ढिलाइ हुने गरेको तुलसीपुर नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा तुलसीपुर नगरपालिकामा ९४ वटा योजना रहेकामा अहिलेसम्म २८ वटा योजना मात्र उपभोक्तासँग निर्माणका लागि सम्झौता भएको नगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिए ।
कात्तिक मसान्तसम्म विकासे योजना सम्झौता भई सक्नुपर्ने व्यवस्था भए पनि नगरपालिकामा मंसिर महिना बित्न लाग्दासमेत विकासे योजना सम्झौता हुन सकेका छैनन् ।
जसले गर्दा समयमै विकासका काम हुन नसक्ने नगरपालिकाको ठहर छ ।
नगरपालिकाका इन्जिनियर योगीले भने, ‘योजना सम्झौताका लागि नगरपालिकाले सार्वजनिक सूचनासमेत जारी गरेको छ, उपभोक्ता समयमै आउनु हुन्न् ।’
तुलसीपुर नगरपालिकाले यस आवमा ६ वटा ठूला जगेडा कोषका योजना सञ्चालन गरेको र ती योजनालगायत अन्य २२ वटा योजनाको सम्झौता गरी काम पनि सुरु गरिएको इन्जिनियर योगीले बताए ।
नगरपालिकाले आर्थिक वर्ष २०७१/७२ जगेडा कोषमार्फत ६ वटा योजना, पूर्वाधार विकासतर्फ ११, महिला लक्षित कार्यक्रम चार, बालबालिका लक्षित ६, अन्य लक्षित १६ र प्रवद्र्धनात्मक दुई, सडक बोड नेपाल एकवटा योजना रहेका छन् ।
नगरपालिकाका ११ वडामा विभिन्न ४९ वटा योजना पनि रहेका छन् ।













प्रतिक्रिया