१ कार्तिक २०८३, आइतबार

कास्कीमा मोहन बैद्य समूह रित्तिदैँ, बिप्लवले गरे पार्टी कब्जा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya-&-Netra-Bikra

पोखरा, २१ मंसिर। केही दिन अघि फुटेको नेकपा माओवादीको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले कास्की जिल्ला समिति कब्जा गरेको छ ।

कास्कीको यसअघिका नेतृत्वमा रहेका नै बिप्लव समूहमा लागेपछि पछि मोहन बैद्य माओबादीमा न्यून कार्यकर्तामात्रै बाँकी रहेका छन् ।

माओबादी कास्की जिल्ला कमिटीमा ३२ जना सदस्य रहेका थिए । ३२ जनामा ७ जना मात्र बैद्यमा रहेका छन् भने अरु २५ जना बिप्लवले नेतृत्व गरेको माओबादीमा आबद्ध भएका छन् ।

नवगठित माओबादीका सेक्रेटरी साबित्रा दुराले एक बिज्ञप्ती निकालेर अधिकांश जिल्ला सदस्यहरुले बिप्लवको एकिकृत क्रान्तिको कार्यदिशालाई समर्थन गरेको बताएकी छन् ।

जिल्ला कमिटीको बैठक बसेर एकमुष्ठ रुपमा विप्लवको पार्टीलाई समर्थन गरेको बिज्ञप्तिमा जनाईएको छ । बाँकी रहेका अन्य साथीहरु पनि अहिले अध्ययनकै क्रममा रहेकोले छिट्टै आफ्नो पार्टीमा समाहित हुने दुराले बताइन । क्रान्ति गर्न भनेर एमाओबादीबाट अलग भएकोले क्रान्तिको एजेण्डामा प्रायः सबै नेता तथा कार्यकर्ता सहमत भएको दुराको भनाइ छ । बैद्य माओबादीको उपस्थिति कम भएपछि संस्थापनको पार्टी कार्यालय नै बिप्लव पक्षले नै चलाइरहेको छ ।

Maoist-Kaski