उदयपुर, २१ मंसिर । मदिरा सेवनका कारण उदयपुरमा आज एक जनाको ज्यान गएको छ ।
सदरमुकामस्थित त्रियुगा नगरपालिका २ गाईघाटका स्थानीय होटल व्यवसायी सम्भु कटुवालको मदिरा सेवनका कारण मृत्यु भएको हो ।
नगर प्रहरी गाईघाटका असई तुलसीराज घिमिरेका अनुसार गाईघाटबजारमा रहेको कमल होटलका सञ्चालक ४६ वर्षीय कटुवाल शनिबार रातिदेखि नै घरेलु मदिरा पिएर बसेका थिए ।
रातभर मदिरा पिएर कुर्सीमै बसिरहेको अवस्थामा मृत्यु भएको परिवारजनलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार कटुवाल अधिकांस समय मदिरा सेवन गरी मातिरहेकै अवस्थामा भेटिन्थे ।
शनिबार बेलुकी पनि पिएर नसा लागेपछि ढल्किएका उनलाई चिसोका कारण ‘रक्त सञ्चाल’ समस्या भइ कक्रिएर मृत्यु भएको हुँन सक्ने प्रहरीको भनाइ छ ।















प्रतिक्रिया