काठमाडौं, २१ मंसिर । ऊर्जामन्त्री राधा ज्ञवालीले चमेलिया जलविद्युत् आयोजनाबारे अध्ययन गरी यथार्थ नेपाली जनतासामु ल्याइदिन संसद्को अन्तर्राष्ट्रिय तथा श्रम समितिसमक्ष आग्रह गरेकी छन् ।
विभिन्न मुलुकसँग भएका ऊर्जा सम्झौता र तिनको कार्यान्वयनको अवस्थाबारे जानकारी दिन समितिको आज बसेको बैठकमा उपस्थित हुनुभएका ऊर्जामन्त्री ज्ञवालीले चमेलिया आयोजनाको लागत प्रतिमेगावाट ५० करोडभन्दा माथि पुग्ने जानकारीसमेत गराइन् ।
उनले भनिन्, “मुलुक र जनताको हितमा त्यति प्रभावकारी हुने नदेखिए पनि आयोजनाको काम ९४ प्रतिशतभन्दा बढी भइसकेकाले यसलाई अघि बढाउनुको विकल्प भने छैन ।’
विद्युत्भार कटौती अन्त्य गर्न मुलुकमा भएको जलसम्पदाको विकासलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउँदै उनले देशमा विद्यमान साधनस्रोतले भ्याएसम्म जलस्रोतको विकासमा लगानी गर्न सरकार तत्पर रहेको बताइन् ।













प्रतिक्रिया