१ कार्तिक २०८३, आइतबार

दुर्घटनामा एकको मृत्यु, अर्का एक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ मंसिर । मोरङको रङ्गेलीमा आज दिउँसो सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा रङ्गेली नगरपालिका– ३ बस्ने ३५ वर्षीय ज्ञानेन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा रङ्गेली नगरपालिका– ३ बस्ने ४० वर्षीया दिलीप मण्डल भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

हुलाकी राजमार्गअन्तर्गत रङ्गेली नगरपालिका–५ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख २२८० नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१५प ६६९५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

गम्भीर घाइते मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।