काठमाडौं, २१ मंसिर । संविधानका विवादित विषय र संविधानसभा बैठकको विषयमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक परामर्श सुरु गरेका छन् ।
यसै क्रममा आज नेम्वाङले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् ।
राजधानीमा आज भएको छलफलमा संविधानसभाको बैठक र प्रक्रियाका विषयमा परामर्श भएको हो ।
संविधानसभाको बैठक दुई दिनपछि मंगलबार बस्ने कार्यक्रम छ । बैठक कसरी चलाउने तथा राजनीतिक दलहरुबीचको सम्बन्धलाई लिएर नेम्वाङले अध्यक्ष दाहालसँग परामर्श गरेका हुन् ।
नेम्वाङले अन्य विभिन्न दलका नेताहरुसँग पनि परामर्श गरेका छन् ।
एमाओवादीको मोर्चाले निर्णय गर्न सकेन
यसैवीच, एमाओवादी नेतृत्वको २० दलीय मोर्चाको बैठक बसेको छ । बैठकमा संविधानका विवादित विषय र साझा धारणाका बारेमा छलफल भए पनि ठोस सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।
मोर्चाको आजको बैठकमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसहितका आधा दर्जन दलहरु अनुपस्थित रहेको स्रोतले जनाएको छ । मोर्चाका कतिपय विषयमा असहमति जनाउदै ती दलहरु अनुपस्थित रहेको बुझिएको छ ।















प्रतिक्रिया