१ कार्तिक २०८३, आइतबार

एउटै बसको भाडादर दुई थरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus Nepalजाजरकोट, २१ मंसिर । जाजरकोटको सदरमुकामदेखि रिम्नासम्मको भाडादर घटे पनि रिम्नादेखि जाजरकोट सदरमुकामसम्मको भाडादर नघटाउँदा दैनिक किचलो हुने गरेको छ ।

केही दिनअघि जिल्ला सदरमुकाममा भएको सर्वपक्षीय बैठकले खलङ्गादेखि रिम्नासम्म १३५ भाडादर निर्धारण गरी लागू गरे पनि रिम्नाबाट खलङ्गामा पुरानै भाडा १५० लिँदा यात्रु र टिकट काउन्टरमा रहेका समिति कर्मचारीबीच झगडा हुने गरेको छ ।

शुक्रबार जाजरकोट सदरमुकामबाट रिम्ना जाँदा १३५ मा टिकट काटेका खगेनकोट– ६ का हेमराज चदारा घरबाट शनिबार सदरमुकाम खलङ्गा फर्कँदा रिम्नास्थित टिकट काउन्टरमा १५० माग्दा अचम्ममा परेको बताए ।

दुई दिनअघि त्यही बाटोको भाडा १३५ थियो, आज कसरी १५० भयो भनेर उहाँ टिकट काट्न बसेका कर्मचारीसँग रिसाए ।

चदारालाई काउनटरका कर्मचारीले खलङ्गाबाट भाडा घटाए पनि हामी रिम्नाबाट घटाउँदैनौँ कसले के गर्छ भनेपछि उनी नाजवाफ भएर सदरमुकाम फर्के ।