१ कार्तिक २०८३, आइतबार

लेखा समितिलाई प्रहरी महानिरीक्षकले टेरेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upentakanta Aryal IGP Nepalकाठमाडौं, २१ मंसिर । सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अनुपस्थित भएका छन् ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा महानिरीक्षक अर्यालय कार्यव्यस्तता देखाउँदै अनुपस्थित भएका हुन् ।

अर्याल अनुपस्थित भएपछि सभासदहरुले आक्रोश व्यक्त गरेका छन् ।

लेखा समितिले प्रहरीले केही महिनाअघि ३५ किलो सुन बरामद गर्न सुराकीलाई दिइएको रकमका विषयमा छलफल गर्न अर्याललाई बोलाएको थियो ।

सुराकीलाई दिने करिब डेढ करोड रुपियाँ प्रहरीका उच्च अधिकारीले लगेको भन्दै उजुरी परेपछि लेखा समितिले छानविन थालेको छ ।

खासाबाट काठमाडौं ल्याइदै गरेको सुन २०७० साल असार २६ गते कोटेश्वरबाट बरामद भएको थियो । भन्सार ऐन २०६४ ले राजश्व चुहावट नियन्त्रणमा संलग्न कर्मचारी एवं प्रतिवेदकलाई १५ प्रतिशत कमिसन दिनुपर्ने व्यवस्था छ ।

सुराकीवापत पाइने झन्डै १ करोड ७७ लाख रुपियाँबारेमा लामो समयदेखि विवाद रहँदै आएको छ ।

लेखा समितिको बैठकमा गृहसचिव सूर्य सिलवालले प्रहरीलाई सूचना दिने सुराकी नभएको दावी गरे ।

सुन तस्करीलाई सुराकीका आधारमा नियन्त्रणमा लिएर प्रक्रिया पूराएर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको बताए ।