१ कार्तिक २०८३, आइतबार

वैद्य माओवादीले सरकारलाई बुझायो १५ बुँदे ज्ञापनपत्र, के के छन् माग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya

काठमाडौं, २१ मंसिर । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाको विघटनसहितका १५ बुँदे मागपत्र सरकारलाई बुझाएको छ ।

नेकपा–माओवादीले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी १५ बुँदे मागपत्र बुझाएको हो । ज्ञापनपत्रमा संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिकसभा गठन गर्नुपर्ने लगायतका माग छन् ।

ज्ञापनपत्रमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कारको क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्दाहरुको खारेजी, बृहत् शान्ति–सम्झौता पूर्ण कार्यान्वयन, सत्य निरुपण र मेलमिलाप आयोगसम्बन्धी आयोग बनाउँदा सम्झौताका पक्षधरहरूका बीचको सहमति गर्नुपर्ने, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजना सम्बन्धी सम्झौताहरू खारेज, सन् १९५० लगायतका नेपाल–भारतबीचका असमान सन्धिसम्झौताहरू खारेज, कालापानी लगायतका सीमावर्ती क्षेत्रमा नेपालको भूमिमाथि गरिएको अतिक्रमण बन्द गरी ती अतिक्रमित भूमि अविलम्ब फिर्ता गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

यसैगरी, जनयुद्ध तथा बिभिन्न आन्दोलनमा घाइते भएकाहरुको उचित ब्यवस्थापन, सुकुम्बासीहरूको पुनर्वासको व्यवस्थाका, बाढी पीडितहरूको निम्ति राहत र पुनर्वासको व्यवस्था, भ्रष्टाचारी माथि कडा कारवाही , महङ्गी नियन्त्रण वेरोजगार युवाहरूलाई रोगजार, रोजगारीको व्यवस्था नहुँदासम्म वेरोजगार भत्ता, क्रान्तिकारी भूमिसुधार लागू गर्न पनि माओवादीले माग गरेको छ । माग पूरा नभए कडा आन्दोलनमा उत्रने अध्यक्ष मोहन वैद्यको चेतावनी छ ।