अनिल खत्री
गुल्मी २१ मंसिर । गुल्मीमा दोश्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी उद्योग वाणिज्य संघले जिल्लाका बिभिन्न राजनीतिक दलहरुसँग गरेको छलफलपछि आगामी फाल्गुन २२ गते ३० गते सम्म गुल्मीको सदरमुकाम तम्घासमा दोश्रो गुल्मी महोत्सव गर्ने मिति तय भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेयले बताउनुभयो ।
गुल्मी जिल्लाको समग्र बिकासको आधार धार्मिक स्थलहरुको पर्बद्धन पर्यटन कृषि उद्योग र ब्यापार भन्ने नाराका साथ २०६८ साल बैसाख महिनाको ४ गते देखि ११ गते सम्म ७ दिन गुल्मी जिल्लाको प्रथम गुल्मी महोत्सव सम्पन्न भएको थियो । प्रथम गुल्मी महोत्सव भएको झण्डै ३ वर्ष पछि गुल्मी जिल्लामा दोश्रो महोत्सव हुन लागेको हो ।















प्रतिक्रिया