कृष्ण आचार्य
नेपालगञ्ज मंसिर २० स्वास्थ तथा जनसंख्यामन्त्री खगराज अधिकारीले धुम्रपान तथा सुर्तिजन्य पदार्थमा न्यूनतम ७५ प्रतिशत कर वढाउनुपर्ने वताउनु भएको छ । धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोगमा कमप् ल्याउन करको दायरा वढाउनुपर्ने उहाँले वताउनु भयो ।
नेपालगञ्जमा शनिबार आयोजित कार्यक्रममा वोल्दै मन्त्री अधिकारीले धुम्रपानजन्य पदार्थको प्रयोगमा कमि ल्याउन सरकाले विभिन्न उपाय अवलम्वन गरिरहेको वताउनुभयो ।
अर्थ मन्त्रालयले कर वढाउन हिचकिच्याइरहेको भन्दै मन्त्री अधिकारीले कर वढाउनु सवैका लागि हितकर हुने वताउनुभयो । स्वास्थ जनशक्ति भएमात्र देश आर्थिक रुपले सवल हुने मन्त्री अधिकारीको भनाई छ ।
देशलाई समृद्धितर्फ लैजान स्वस्थ जनसंख्याको आवश्यकता रहेको उहाँले वताउनुभयो । सार्वजनिक रुपमा गर्ववती,वालवच्चा र खुल्ला रुपमा खिल्लीमा पनि धुम्रपानजन्य पदार्थ वेच्न नपाइने मन्त्री अधिकारीले वताउनुभयो । उहाँले कसैले गैरकानुनी रुपमा वेचेको भेटिए छापा मारेर ती पसल वन्द गर्न स्थानिय प्रसासनलाई निर्देशन दिनुभयो ।
अर्काे एक प्रसंगमा मन्त्री अधिकारीले सरकारी जागिर खाएर प्राइभेट क्लिनिक राख्ने चिकित्सकले अनुमति लिनुपर्ने वताउनुभयो । यदि कसैले अनुमति नलिई प्रभाइभेट क्लिनिक राखेको पाइए कारवाही गर्ने चेतावनी दिनुभयो । उहाँले सरकारी अस्पतालको समयमा प्राइभेट क्लिनिक धाएको पाइए जस्तो सुकै कारवाही गर्न आफु तायार रहेको बताउनुभयो ।
सोहि कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले सरकारी कार्यालयमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोग गर्ने पुर्ण रुपमा प्रतिवन्ध लगाइएको वताउनुभयो । कसैले अटेर गरि सेवन गरेको पाइए कर्मचारीलाई कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो ।













प्रतिक्रिया