२९ आश्विन २०८३, बिहिबार

काश्मिरमा तीन सैनिक र दुई प्रहरीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रीनगर (भारत), १९ मंसिर । भारत प्रशासित काश्मिरमा शुक्रबार संदिग्ध हतियारधारीले एक सुरक्षा जाँच चौकीमा हमला गरी कम्तीमा पनि तीनजना सैनिक र दुई प्रहरीको हत्या गरेका छन् ।

भारत प्रशासित काश्मिरमा रहेको एक जाँच चौकीमा आक्रमण गरेका थिए । दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओएल) को नजिकै रहेको उरी भन्ने स्थानमा रहेको चौकीमा आत्मघाती हमला भएको थियो ।

शुक्रबार बिहान भएको सो हमलामा परी दुई जना हतियारधारी पनि मारिएका छन् । उनीहरु आत्मघाती बम बोक्ने व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।

सो क्षेत्रमा विगतका केही हप्तायतादेखि यस्तो हमला जारी रहेको छ । जसका कारण दर्जनौं नागरिकको ज्यान गएको छ ।

पछिल्लो समयमा भारत र पाकिस्तानबीच द्वीपक्षीय रुपमा आपसी हमला जारी रहेको छ । दुवै तर्फका सैनिकबीच गोली हानाहान हुने गरेको छ ।

साथै गतहप्तादेखि काश्मिरमा स्थानीय निकायको निर्वाचन जारी रहेकोले पनि सो निर्वाचनका क्रममा हतियारधारी विद्रोहीले हिंसा मच्चाउने प्रयत्न गरिरहेका छन् ।

सो क्षेत्रमा हजारौंको सङ्ख्यामा अर्ध सैन्य बल खटाइएको छ । निर्वाचनको सुरक्षाका लागि पनि सो बल खटाइएको हो । यस्तो सुरक्षा अवस्थाकाबीच पनि हिंसा भड्किएको छ ।

काश्मिरमा आगामी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जाँदै हुनुहुन्छ । उहाँको भ्रमणका लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

तर यस्तो सुरक्षाका बाबजुद पनि हिंसा कम नभएकोमा भने चिन्ता व्यक्त गरिएको छ । जसका कारण निर्वाचनमा पनि असर पर्नसक्ने जनाइएको छ ।

सो आक्रमणपछि अर्का एकजना आक्रमणकारी पनि सो सैनिक क्याम्पभित्रै रहेको आशङ्का गरिएको छ । तर त्यस विषयमा सैनिकले अनुसन्धान जारी रहेको जनाएको छ ।

सो आक्रमणमा थप प्रहरी र सैनिक घाइते भएकोले उनीहरुलाई उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी