२९ आश्विन २०८३, बिहिबार

खोला तटबन्धका लागि एक अर्ब

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaचितवन, १९ मंसिर । पूर्वी चितवनको रत्ननगरलगायत विभिन्न क्षेत्रमा बग्ने खोला तथा नदी व्यवस्थापनका लागि प्रक्रिया सुरु गरिएको छ ।

जिल्ला विकास समितिमार्फत उक्त खोलाको तटबन्धका स्विस सरकारसँग रु एक अर्बको सम्झौता गरेर आवश्यक प्रक्रिया सुरु भएको चितवन क्षेत्र नम्बर–२ का सभासद् शेषनाथ अधिकारीले जानकारी दिनुभयो ।

कयर खोला, राप्तीखोला, खगेरी, बूढीराप्तीलगायत अन्य साना खोलाका कारण दर्जनौँ बस्ती जोखिममा छन् । जोखिम क्षेत्र पहिचान गर्दै तटबन्धको काम अघि बढाइने अधिकारीले जानकारी दिनुभयो ।

सम्झौताअनुसार चार वर्षभित्र यस क्षेत्रका खोला तथा नदीमा तटबन्ध गर्ने गरी व्यवस्थापनका कार्यक्रम सञ्चालन हुनेछन् । कयरखोला, बूढीराप्ती र खगेरी खोलामा कार्यक्रम केन्द्रित हुनेछ । कयरखोलाअन्तर्गत सिद्धिदेखि बछौलीसम्म तटबन्ध गरिने उहाँले बताउनुभयो ।

विशेषगरी पूर्वी चितवनको कयर खोला तटबन्ध नहुँदा रत्ननगर, पिठुवा, जुटपानी, शक्तिखोर, चैनपुर लगायतका क्षेत्र जोखिममा रहेका छन् । बूढीराप्ती र खगेरीमा गएको वर्षामा बाढीले दर्जनौँ स्थानीयलाई विस्थापितसमेत गरेको थियो ।