२९ आश्विन २०८३, बिहिबार

पर्यटन विकासका लागि सरकार कटिबद्धः मन्त्री बस्नेत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh_basnetकञ्चनपुर, १८ मंसिर । उद्योग मन्त्री महेश बस्नेतले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको संरक्षण सम्र्बद्धन र पूर्वाधार विकासका लागि कार्य अगाडि बढाइने बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–८ भम्केनीमा सञ्चालन भइरहेको राष्ट्र शान्ति श्रीमद् गोपाल महायज्ञमा बिहीबार सहभागी हुन आउनुभएका मन्त्री बस्नेतले सुदूरपश्चिम क्षेत्रमा पर्यटनको सम्भावना प्रचुर भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा ती सम्पदा ओझेलमा पर्दै गएकाले पर्यटन क्षेत्रको विकासका लागि कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

देशकै चौथो धामका रुपमा भम्केनी क्षेत्रलाई विकसित गर्नका लागि आयोजना गरिएको महायज्ञले पर्यटन विकासमा योगदान पु¥याउने उहाँले बताउनुभयो ।

सभासद् कृपाराम रानाले सुदूरपश्चिम धार्मिक, सांस्कृतिक र दर्शनियस्थलका हिसाबले धनी भए पनि पूर्वाधार विकासमा सरकारले जोड नदिँदा अगाडि बढ्न नसकेको बताउनुभयो । रासस